+
+
Shares

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • प्रचण्डले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका छन् र यसपटक रुकुमपूर्व रोजेका हुन्।
  • रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो मानिन्छ र २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए।

​रुकुम पूर्व । ६ माघ, काठमाडौं । ​नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

​२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।

​रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ । ३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?