News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा नेकपाका शैलेन्द्र घिमिरेले मनाेनयन दर्ता गराएका छन्।
- शैलेन्द्र घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् र उनी संघर्षशील, अनुशासित तथा वैचारिक रूपमा दृढ युवा नेताका रूपमा चिनिन्छन्।
- घिमिरेले लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै जिल्लामा राम्रो पकड बनाएका छन्।
६ माघ, काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट शैलेन्द्र घिमिरेले मनाेनयन दर्ता गराएका छन् ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा -१ मा पहिलाे मनाेनयन दर्ता गराएका हुन् । घिमिरेको प्रस्तावकमा खिम कुमार विक र समर्थकमा नारायण प्रसाद तिवारी छन् ।
क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनलाई संघर्षशील, अनुशासित र वैचारिक रूपमा दृढ युवा नेताका रूपमा लिने गरिन्छ ।
लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएका घिमिरेले जिल्लामा राम्रो पकड बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4