+
+
Shares

सुदूरपश्चिममा टिकटमै खुम्चियो देउवापक्ष

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तनपछि सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवापक्षले १६ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ।
  • सुदूरपश्चिममा देउवाका विश्वासपात्रहरू एनपी साउद, नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले प्रत्यक्षतर्फको टिकट पाएका छन्।
  • सभापति गगन थापाले कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद शर्मालाई टिकट दिएका छन् भने पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकटबाट वञ्चित गरिएको छ।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवापक्ष टिकट वितरणमा खुम्चिएको छ ।

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ ।

सुदूरपश्चिममा देउवाका विश्वासपात्र मानिने एनपी साउदसँगै नेताहरू नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले मात्रै प्रत्यक्षतर्फको टिकट पाएका छन् ।

कांग्रेसले देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकटबाट वञ्चित गरेको छ । उनी कञ्चनपुर–३ बाट आकांक्षी थिए ।

तर, अन्तिम समयमा सभापति गगन थापाले भर्खरै सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद बोहरालाई टिकट दिएका छन् ।

पार्टीको संसदीय बोर्डले कैलाली–४ मा टिकट दिए पनि सुदूरपश्चि प्रदेश सभापति वीरबहादुर बलायर चुनाव लड्न इच्छुक भएनन् ।

बलायरले टिकट लिन इच्छा नदेखाएपछि बोर्डले देउवानिकट विष्टलाई उम्मेदवार बनाएको हो । उनी जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् ।

कैलाली–५ मा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सिफारिस गरिएको थियो । तर, यो क्षेत्रमा प्रदेश महामन्त्री नरनारायण शाहलाई टिकट दिइएको छ ।

यस्तै निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताएपछि डडेल्धुराबाट निवर्तमान केन्द्रीय सदस्य महरले टिकट पाएका छन् ।

सुदूरपश्चिमका १६ मध्ये ११ निर्वाचन क्षेत्रबाट सभापति थापानिकटले टिकट पाएका छन् ।

यी हुन् सुदूरपश्चिमका उम्मेदवारहरू

बाजुरा–    जनकराज गिरी

अछाम–१   भरतकुमार स्वार

अछाम–२   पुष्पबहादुर शाह

डोटी–     भरतबहादुर खड्का

बैतडी–    चतुरबहादुर चन्द

दार्चुला–   धर्मानन्द जोशी

बझाङ–   प्रकाश रसाइली ‘स्नेही’

डडेल्धुरा–  नैनसिंह महर

कैलाली– १ जनकराज चौधरी

कैलाली– २  विजयबहादुर स्वार

कैलाली–३  भीम बडुवाल

कैलाली–४ गोरखबहादुर विष्ट

कैलाली– ५  नरनारायण शाह

कञ्चनपुर– १ गोपीप्रसाद उपाध्याय

कञ्चनपुर– २ एनपी साउद

कञ्चनपुर–३ हरिप्रसाद बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?