+
+
Shares

दीपक धामीले गरे उम्मेदवारी दर्ता

नेकपा एमाले डोटीका उम्मेदवार दीपक धामीले उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:४८

६ माघ, डोटी । नेकपा एमालेका तर्फबाट दीपक धामीले प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीलाई एमालेले डोटीको टिकट दिएको छ । मनोनयन दर्तापछि धामीले डोटीमा आफ्नो उम्मेदवारीले परिवर्तन ल्याएको बताएका छन् ।

‘पञ्चायतदेखि एकै उम्मेदवार हुने, तर जिल्लाको अवस्था उस्तै रहने परिस्थिति बन्यो,’ उनले भनेका छन्, ‘तर म जस्तो युवाले उम्मेदवारी दिएर नयाँ उत्साह ल्याएको छ, एउटा परम्पराको अन्त्य भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?