+
+
Shares

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न व्यक्ति कीर्तिपुरबाट पक्राउ

सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:०२

६ माघ, काठमाडौं । सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घ्याङलेख–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सिन्धुली पठाइएको प्रहरीले बताएको छ ।उनीसहितको समूहले २९ पुसको राति साढे ७ बजेतिर खुकुरी देखाउँदै सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बैंक लुटपाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?