+
+
Shares

कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:०७

६ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो ।

शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो ।

‘जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको र यी प्रश्नहरू छिटो निरुपण हुन आवश्यक देखिएकोले विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न’ सर्वोच्चले भनेको छ ।

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।

आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो ।  विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका छन् ।

सोही अनुसार उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?