६ माघ, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको पछिल्लो विवरण दिएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार साँझ ६ बजेसम्मको अपडेट अनुसार २ हजार ९३५ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २ हजार ५८९ र महिला ३३६ जना छन् ।
साथै, अपांगता भएकाहरू ८५ जना र पीछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ ।
अन्तिम विवरण आउन अझै समय लाग्ने आयोगले जनाएको छ । उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजे सम्मत तय भएको थियो । तर, निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयमा प्रवेश गरेकालाई त्यसपछि पनि उम्मेदवारी दर्ता गर्न दिइएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।
प्रतिक्रिया 4