News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले साफ यू-१९ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
- टोली मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ३५ खेलाडीबाट अन्तिम टोली छनोट गरेका हुन्।
- साफ यू-१९ महिला च्याम्पियनसिप फेब्रुअरी ७ सम्म पोखरा रंगशालामा भारत, बंगलादेश, भुटान र नेपालबीच हुनेछ।
६ माघ, काठमाडौं । पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् ।
यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले आफ्नो पहिलो खेल जनवरी ३१ मै भारतसँग खेल्ने तालिका छन् ।
नेपाली टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन् ।
यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा छन् ।

कभर फोटो : फाइल फोटो
प्रतिक्रिया 4