+

हिमालयन बक्सिङको मार्चमा गर्ने तयारी

२०८२ माघ  ७ गते १०:२० २०८२ माघ ७ गते १०:२०
हिमालयन बक्सिङको मार्चमा गर्ने तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालय इन्टरनेसनलले मार्चमा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) आयोजना गर्ने भएको छ र मिति पछि तय गरिनेछ।
  • प्रतियोगितामा प्रोफेसनल पुरुषमा ६, महिलामा २ र एमेच्योर पुरुष/महिलामा समान २–२ तौलसमूहमा खेल हुनेछ।
  • प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र अमेरिकाका खेलाडी सहभागी हुनेछन् र कुल पुरस्कार करिब २० लाख रुपैयाँ छ।

७ माघ, काठमाडौं । नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् ।

प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ तथा महिलामा २ स्पर्धामा भिडन्त हुनेछ । एमेच्योरको पुरुष/महिलामा समान २–२ तौलसमूहमा खेल हुनेछ । हरेक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष प्रधानका अुनसार कुल पुरस्कार राशी करिब २० लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ महासंघको स्वीकृति तथा बक्समान्डुको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र अमेरिकाका खेलाडी हुने बताइएको छ ।

खेलहरु ठमेलस्थित क्लब नोभामा खेलाइने छ । क्लब नोभा प्रतियोगिताको ‘भेन्यु पार्टनर’ का रुपमा रहेको छ । त्यसका लागि नेपालयका अध्यक्ष प्रधान र नोभाका संस्थापक निर्देशक मुखिया घलेबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालयले यसअघि प्रधानमन्त्री कप पुरुष क्रिकेट र यु–१४ विद्यालय खेलकुद आयोजनामा पनि सहकार्य गरेको थियो ।

हिमालयन बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय