+

लोनमा जिरोना पुगे गोलकिपर टेर स्टेगन

२०८२ माघ  ७ गते १५:०९ २०८२ माघ ७ गते १५:०९
लोनमा जिरोना पुगे गोलकिपर टेर स्टेगन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने सहमति भइसकेको छ।
  • टेर स्टेगनले बार्सिलोनाका लागि ४२३ खेल खेल्दा २० ट्रफी जितेका थिए र १२ वर्षपछि बार्सिलोनाबाट अलग हुँदैछन्।
  • टेर स्टेगनले जिरोनामा लोनमा गएपछि सामाजिक सञ्जाल एक्समा भावुक सन्देश लेख्दै बार्सिलोनामा बिताएका सम्झनाहरू साझा गरेका छन्।

७ माघ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन् । बार्सिलोना र जिरोनाबीच लोनसम्बन्धी सहमति भइसकेको दुवै क्लबले विज्ञप्तीमार्फत जनाएको छ ।

३३ वर्षीय टेर स्टेगनले १२ वर्षपछि बार्सिलोना भन्दा फरक क्लबबाट खेल्न लागेका हुन् । सन् २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट बार्सिलोना पुगेका उनले त्यहाँ एक दशक भन्दा बढी समय बिताइसकेका छन् । तर टेर स्टेगन पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका थिए ।

मुख्य प्रशिक्षक हान्सी फ्लिकले जोहान गार्सियालाई पहिलो रोजाइको प्रशिक्षकको रुपमा खेलाउन थालेपछि बार्सिलोनामा टेर स्टेगनको भविष्य अन्योल जस्तै बनेको छ ।

बार्सिलोनाका लागि टेर स्टेगनले ४२३ खेल खेल्दा कूल २० ट्रफी जितेका थिए । उनले बार्सिलोनामा रहँदा एक पटक च्याम्पियन्स लिग, ६ पटक ला लिगा, ६ पटक कोपा डेल रे, ५ पटक स्पानिस सुपर कप, युरोपियन सुपर कप र क्लब वर्ल्डकपको उपाधि समेत जितेका छन् ।

बार्सिलोनाका लागि धेरै खेल खेल्ने गोलकिपरमा टेर स्टेगनभन्दा भिक्टोर भाल्डेज (५३४) मात्र छन् । टेर स्टेगनलाई वर्तमान समयमा आधुनिक र कम्प्लिट गोलकिपरको रुपमा हेरिएको छ । उनी फरक प्लेइङ स्टाइलमा समेत अभ्यस्त हुन सक्छन् ।

पछिल्ला १५ महिनामा चोटसँग जुधिरहेका टेर स्टेगनले बार्सिलोनाका लागि यस सिजन एक खेल मात्र खेलेका थिए । उनले कोपा डेल रे मा सीडी ग्वाडालाजाराविरुद्ध खेलेका थिए ।

जिरोनामा लोनमा आबद्ध भएपछि टेर स्टेगनले सामाजिक सञ्जाल एक्समा फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । उनले बार्सिलोनाको टिममेट र स्टाफसँग यस सिजनको अन्तिम दिन भएको र यसबाट मिश्रित महसुस गरेको उनले बताएका छन् ।

१२ वर्षसम्म बार्सिलोनामा रहँदा धेरै सम्झनलायक क्षणहरु बिताएको र अहिले धेरै स्मृति र भावना आफूमा आइरहेको उनले लेखेका छन् ।

जिरोना बार्सिलोना मार्क आन्द्रे टेर स्टेगन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय