+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

इलाममा बालेनको घरदैलो (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते ११:५५

८ माघ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् ।

इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर-२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए ।

झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट पनि मागे ।

मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।

उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?