+
+
Shares

युट्युबमा रिलिज भयो ‘ऊनको स्वीटर’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'ऊनको स्वीटर' बिहीबारदेखि आर्टमाण्डूको युट्युब च्यानलबाट रिलिज भएको छ।
  • यो फिल्म २६ बैशाखमा हलमा रिलिज भएको थियो र हालसम्म १० करोड ६२ लाख नेरु ग्रस कमाएको छ।
  • फिल्ममा विपिन कार्की र मिरूना मगरको मुख्य भूमिका छ र भारतमा डेढ करोड भारु आम्दानी भएको छ।

काठमाडौं । विपिन कार्की र मिरूना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ बिहीबारदेखि युट्युबमा रिलिज भएको छ । नवीन चौहान निर्देशित फिल्म निर्माता कम्पनी आर्टमाण्डूको युट्युब च्यानलबाट रिलिज भएको हो ।

हल रिलिजको ९ महिनापछि फिल्म इन्टरनेट प्लाटफर्ममा डेब्यू गरेको हो । यो फिल्म २६ बैशाखमा हलमा रिलिज भएको थियो । चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिसमा यो फिल्मले १० करोड ६२ लाख नेरु ग्रस कमाएको छ । निर्माताको दाबी १२ करोड ग्रस छ ।

यो फिल्मले भारतमा मात्र डेढकरोड भारु कमाएको विवरण हालै बाहिर आएको थियो । सुन्दर र सरल प्रेमकथामा आधारित यो फिल्ममा विपिन र मिरुनाको शीर्ष भूमिका छ ।

सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परिक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?