+
+
Shares

६ महिनामा ५ लाख ९० हजार नेपाली वैदेशिक रोजगारीमा गए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्।
  • वैदेशिक रोजगार विभागका अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका हुन्।
  • पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

८ माघ, काठमाडौं । पछिल्लो ६ महिनामा ५ लाख ९० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका हुन् । जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना वैदेशिक रोजगारीका गएका छन् भने ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएका छन् ।

४ हजार ८ सय ६६ जना जी टु जी मार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । यो छ महिना अवधिमा १४१ जना विना कागजात विदेशमा काम गर्दै आएका नेपालीहरूलाई वैधानिकीकरण गरिएको विभागले जनाएको छ ।

पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ६ महिनामा जी टु जी मार्फत ६०८ जना इजरायल गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?