+
+
Shares

सर्लाही-२ : राजेन्द्र र महेन्द्र पुरानो प्रतिस्पर्धी, थपिए नयाँ पनि

सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते २०:३०

८ माघ, सर्लाही । सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ राजेन्द्र महतो र महेन्द्रराय यादव फेरि आमनेसामने भएका छन् । यी दुईबीचको प्रतिस्पर्धा पुरानै भए पनि यसपटक नेपाली कांग्रेसबाट डा. सरोज कुमार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रविन महतो र जनमत पार्टीबाट ई. विपिन कापडलगायत नयाँ अनुहारको उपस्थितिले चुनावी माहोल थप रोचक बनेको हो ।

२०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस-माओवादीसहितको सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका महेन्द्रराय यादव विजयी भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार राजेन्द्र महतो उपविजेतामा सीमित भए ।।

यादव र महतोबीचको चुनावी प्रतिस्पर्धा नयाँ भने होइन । २०७० सालको निर्वाचनमा पनि यी दुवैबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

त्यतिबेला यादव तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार बनेर विजयी भएका थिए भने सद्भावना पार्टीकै तर्फबाट उम्मेदवारी दिएका महतो पराजित भएका थिए ।

त्यतिबेला सर्लाहीका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा उनीहरू प्रतिस्पर्धामा थिए । त्यसैगरी, २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही–२ बाट विजयी हुँदा महतो भने धनुषा क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका थिए ।

तेस्रो मधेश आन्दोलनको रापतापका बीच जनकपुर पुगेका महतोले त्यतिबेला नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?