+
+
Shares

चोरीका गरगहनासहित २ जना पक्राउ

चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा संखुवासभाका ३७ वर्षीय केभव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बु छन्।
  • ६ माघको राति १० बजे सेतोपुल नजिक स्कुटरमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
  • उनीहरुबाट चोरीको सुनका तिलहरी, चन्द्रमा, नगद ४९ हजार ३ सय, सिरिन्ज ११ थान, लागुऔषध एम्पुल र खुर्सानीको धुलो फेला परेको छ।

८माघ, काठमाडौं । चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भइ काठमाडौं मैतीदेवी बस्ने ३७ वर्षीय केभव देवान र पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ घर भइ रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बु छन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

६ माघको राति १० बजेतिर सेतोपुल नजिकबाट प्रहरीले बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट चोरीको सुनका तिलहरी, चन्द्रमा, नगद ४९ हजार ३ सय, सिरिन्ज ११ थान, लागुऔषध एम्पुल, खुर्सानीको धुलो १ प्याकेट ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?