९ माघ, अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा उम्मेदवारी दिएकामध्ये ४ जना उम्मेदवार एउटै वडाका रहेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बागीका ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिस्ट पाटीबाट राम बहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका ५ बागी एउटै गाउँका रहेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका ४ खनका हुन् । मालारानी गाउँपालिकाका ५ जना उम्मेदवार रहेका छन् ।
अर्घाखाँचीमा विभिन्न पाटी र स्वतन्त्र गरि एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । (अर्घाखाँचीबाट प्रेमनारायण आचार्य)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4