+

राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबको फराकिलो जित

२०८२ माघ  ९ गते १३:१५ २०८२ माघ ९ गते १३:१५
राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्री भगवती क्लबले राष्ट्रिय लिग फुटबलअन्तर्गत नव जनजागृति युथ क्लबलाई ५-१ गोलअन्तरले पराजित गरेको छ।
  • श्री भगवतीका शिशिर लेखीले २ गोल गरे भने अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले १-१ गोल गरे।
  • नव जनजागृतिका विक्रम थोकरले ७७औं मिनेटमा सान्त्वना गोल गरे।

८ माघ, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय लिग फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्री भगवती क्लबले फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले नव जनजागृति युथ क्लबलाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।

श्री भगवतीको जितमा शिशिर लेखीले २ गोल गरे भने अजयी मार्टिन्स, सुवास बम र सेमान्त थापाले १-१ गोल गरे । नव जनजागृतिका लागि विक्रम थोकरले १ गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै मार्टिनले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा पेनाल्टीमार्फत शिशिरले गोल गर्दै अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा सुवासले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अगाडि राखे ।

दोस्रो हाफको ५३औं मिनेटमा सेमान्तले गोल गर्दै अग्रता चार गोलमा पुर्‍याए । ५७औं मिनेटमा शिशिरले व्यक्तिगत दोस्रो गोल गरेपछि श्री भगवती ५-० ले अगाडि बढ्यो ।

७७औं मिनेटमा विक्रमले नव जनजागृतिका लागि सान्त्वना गोल गर्दै अन्तर घटाए ।

लिगमा श्री भगवतीको यो पहिलो जित हो । श्री भगवतीले ३ खेलबाट ४ अंक जोडेको छ । बाराको नव जन जागृतिको भने यो लगातार तेस्रो हार हो ।

नव जनजागृति क्लब राष्ट्रिय लिग फुटबल श्री भगवती क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय