९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज (शुक्रबार) बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका पौडेलले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र कांग्रेसप्रति मतदाता आकर्षित गर्न महत्वपूर्ण हुने महामन्त्री पौडेलको भनाइ छ ।
‘आज बस्ने बैठकले निर्वाचन केन्द्रीत भएर केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ,’ पौडेलले भने, ‘यो निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्नेछ । निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्नका लागि आजको निर्णय महत्वपूर्ण हुनेछ ।’
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बस्न गइरहेको बैठकले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4