+
+
Shares

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १३:२६

९ माघ, रौतहट । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।

गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी काघर्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?