+
+
Shares

सुरु भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक (तस्वीरहरू)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ ९ गते १४:५३

९ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो । आजको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचन होमिने निर्णय गर्दैछ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभपाति पूर्णबहादुर खड्कासहितले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?