News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
- अध्यक्ष ओलीले चुनाव जित्ने आधार नदेखिएको भन्दै योगेश भट्टराईलाई टिकट नदिएको बताएका थिए।
- योगेश भट्टराईले आफू विचलित नरहेको र फागुन २१ सम्म पार्टी आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने बताएका छन्।
९ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
निर्वाचन जित्ने आधार भएका उम्मेदवारहरूलाई मात्र टिकट दिइएको भन्दै अध्यक्ष ओलीले केही सञ्चारमाध्यममा योगेश भट्टराईले चुनाव जित्ने आधार नदेखिएको प्रतिक्रिया दिएका थिए ।
त्यसको जवाफ दिँदै उपमहासचिव भट्टराईले लेखेका छन्, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।’
अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको र विन्दा पाण्डेको कुनै आधार नरहेको भन्दै सोही कारण यसपटक टिकट नदिइएको बताएका थिए ।
ओलीले पार्टीका अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन गराएको भन्ने उल्लेख गरेका थिए ।
उपमहासचिव भट्टराईले अहिले आफू पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन खटिएको भन्दै आफू विचलित नरहेको बताएका छन् ।
‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट म विचलित र निरास छैन,’ भट्टराईले लेखेका छन् ।
प्रतिक्रिया 4