+
+
Shares

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
  • देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए र ५ जनाविरुद्ध दाबी विरोध परेको थियो।
  • दाबी विरोधमा १ जनाको खारेज भएको र अन्य ४ जनाको यथावत रहेको आयोगले जनाएको छ।

९ माघ, काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उनले भने ।

त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?