९ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा निर्वाचनमा सदस्य पदका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार साहले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
साहले उम्मेदवारी फिर्ता लिँदै आफ्नो समर्थन नेपाली कांग्रेसका उम्मेदवारलाई रहने घोषणा पनि गरेका छन् ।
पार्टीभित्र देखिएको आन्तरिक समन्वयको अभावका आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।
अब भने कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने र चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4