+
महिला टी-२० विश्वकप ग्लोबल छनोट :

पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

२०८२ माघ  १० गते १६:१७ २०८२ माघ १० गते १६:१७

पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् ।

पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।
  • पूजा महतोले अविजित ५२ रन बनाएर नेपाललाई १३० रनको लक्ष्य पूरा गर्न मद्दत गरिन्।
  • नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ र उक्त खेल जित्नैपर्ने दबाब रहनेछ।

१० माघ, काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रन बनाइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन बनाइन् ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्न‍ैपर्ने दबाब रहनेछ ।

पूजा महतो महिला टी-२० विश्वकप ग्लोबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय