News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सीता रानामगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलमै १००० रन पूरा गरेकी छन्।
- सीता सबैभन्दा छिटो १००० रन पूरा गर्ने नेपाली खेलाडी बनेकी हुन् र उनी तेस्रो नेपाली खेलाडी हुन् जसले यो कीर्तिमान हासिल गरेकी छन्।
- सीता शनिबारको जिम्बाबेविरुद्धको खेलमा ११ रन बनाएर खेलिरहँदा चोट लागेर स्ट्रेचरमा मैदानबाहिर लगिएकी थिइन् र नेपालले खेलमा जिम्बाबेमाथि जित हासिल गर्यो।
८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सीता रानामगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
उनले शनिबार भएको जिम्बाबेसँगको खेलमार्फत उक्त कीर्तिमान हासिल गरेकी हुन् । सीताले सबैभन्दा छिटो १००० रन पूरा गर्ने कीर्तिमान पनि बनाएकी छन् ।
यसअघि कप्तान इन्दु बर्माले ७७ अनि रुबिना क्षेत्रीले ८१ खेलमा १००० रन पूरा गरेका थिए । तर सीताले उनीहरूभन्दा कम खेलमै १००० रन पूरा गरेकी हुन् । सीताले ६६ खेलमै १००० रन पूरा गरिन् ।
चोटका कारण सीताले बीचमा धेरै खेलहरू नखेलेकाले उनी यो उपलब्धि हासिल गर्ने भने तेस्रो खेलाडी भइन् ।
सीताको ६६ खेलमा १००३ रन पुगेको छ । उनीभन्दा माथि रुबिना क्षेत्रीको ८२ खेलमा १००७ अनि इन्दुको ८१ खेलमा १०७५ रन छ ।
आजको खेलमा सीता ११ रन बनाएर खेलिरहँदा चोटका कारण मैदान छाडेकी थिइन् । उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो भने त्यहाँबाट एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।
खेलमा नेपालले पनि जिम्बाबेमाथि जित हासिल गर्यो ।
प्रतिक्रिया 4