+

श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

२०८२ माघ  १० गते १८:४६ २०८२ माघ १० गते १८:४६
श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँगको तेस्रो अभ्यास टी-२० खेल ७ विकेटले जितेको छ।
  • नेपालले १३३ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ।

१० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ ।

शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए । आरिफ शेखले अविजित २४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । चमिका करुणारत्‍नेले सर्वाधिक ३८ रन बनाइ । निरोशन डिक्‍वेलाले ३३ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १-१ विकेट लिए ।

आजको अभ्यास खेलपछि नेपाली टोली अब भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

तस्वीर : क्यान

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय