News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले घरेलु मैदानमा वुल्भ्सलाई २-० ले हराएको छ।
- सिटीका ओमर मारमाउश र एन्टोइन सेमेन्योले क्रमशः पाँचौं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
- लिगअन्तर्गत लिभरपुल एएफसी बर्नमाउथसँग ३-२ गोलअन्तरले पराजित भएको छ र बर्नमाउथका अमिने अडिलीले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
११ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटीले वुल्भ्सलाई २-० ले हराएको हो । सिटीको जितमा ओमर मारमाउश र एन्टोइन सेमेन्योले १-१ गोल गरे ।
खेलको पाँचौं मिनेटमा नै मारमाउशको गोलमार्फत सिटीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सेमेन्योले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा थप गोल भएनन् र सिटी २-० ले विजयी भयो । सिटीले एर्लिङ हालान्ड र फील फोडेनलाई पहिलो रोजाइमा खेलाएको थिएन । उनीहरू दोस्रो हाफको उत्तरार्द्धमा मैदान प्रवेश गरेका थिए ।
जितपछि सिटीको २३ खेलमा ४६ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५० अंक छ ।
पराजित वुल्भ्स ८ अंकसहित लिगको पुछारमा छ ।
बर्नमाउथसँग लिभरपुलको हार
लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुल पराजित भएको छ । लिभरपुल एएफसी बर्नमाउथसँग ३-२ गोलअन्तरले पराजित भएको हो ।
बर्नमाउथको जितमा इभालिन्सन, एलेक्स जिमेनेज र अमिने अडिलीले १-१ गोल गरे । लिभरपुलका लागि भर्जिल भान डाइक र डोमिनिक सोबोस्लाइले १-१ गोल गरे ।
२-२ को बराबरी भइरहेको अवस्थामा बर्नमाउथका अदिलीले इन्जुरी समयमा गोल गर्दै जित दिलाए ।
प्रतिक्रिया 4