+

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

२०८२ माघ  ११ गते ८:०७ २०८२ माघ ११ गते ८:०७
रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले स्पेनिस ला लिगामा भिल्लारियललाई २-० गोलअन्तरले हराउँदै शीर्षस्थानमा उक्लिएको छ।
  • किलियम एमबाप्पेले ४७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए र इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरे।
  • रियलको २१ खेलबाट ५१ अंक भएको छ भने बार्सिलोनाले एक खेल कम खेलेर ४९ अंक जोडेको छ।

११ माघ, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्लारियललाई २-० गोलअन्तरले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा किलियम एमबाप्पेले दुई गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

४७औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी समयमा पेनाल्टीमार्फत उनले नै गोल गर्दै २-० को जित पक्का गरे ।

जितपछि रियलको २१ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेर ४९ अंक जोडेको छ ।

आइतबार राति हुने खेल जितेमा बार्सिलोना फेरि शीर्षमा फर्कनेछ ।

बार्सिलोना रियल मड्रिड स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय