+
+
Shares

लुम्बिनीमा पनि सुरु भयो राष्ट्रिय सभाको मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते ९:२७

११ माघ,  दाङ ।  लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । नेपाली कम्युनिष्ट पार्टीमा अन्य समूहतर्फ वृहस्पति अधिकारी , नेपाली कांग्रेसबाट चन्द्रबहादुर अधिकारी र राष्ट्रिय जनमोर्चाबाट बोमबहादर खत्री चुनावी मैदानमा उभिएका छन् ।

त्यस्तै महिला समूहतर्फ नेकपा एमालेबाट रामकुमारी झाँक्री र  नेपाली कम्युुनिष्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्यमा पण्डित चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै अपाङ्गता समूहतर्फ सर्जन बि.क. र बासुदेव घिमिरे रहेका छन् ।

प्रदेशसभा सदस्यतर्फ ८३ र स्थानीय तहका २१७ जनाले मतदान गर्दै छन् । ८७ प्रदेससभा सदस्यमध्ये नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की, यसअघि नेपाली कम्युनिष्ट पार्टीमा रहेकी प्रगतीशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी , नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य जितेका धर्मबहादुर चौधरी हाल उज्यालो पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

कन्हैया बानियाँले पनि मतदान गर्न पाउने छैनन । प्रदेशसभा सदस्यबाट राजीनाम दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?