११ माघ, सुर्खेत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) की प्रदेश सांसदले सन्तोषी शाहीले राष्ट्रिय सभा चुनाव बहिष्कार गरेकी छिन् । आइतबार बिहान वीरेन्द्रनगरस्थित मतदान स्थलमा पुगेकी शाही मतदान नै गरेर फर्किइन् ।
समयमै मतदान स्थल पुगेकी शाहीले अन्य प्रदेश सभा सदस्यहरू र नेताहरूसँग भेटघाट गरेकी थिइन् । तर मतदान भने नगरेरै निक्लिएको मतदानस्थलमा रहेका नेताहरू बताउँछन् ।
शाही राप्रपाबाट समानुपातिक प्रदेश सभा सांसद हुन् । उनले पार्टीको सर्कुलेशन अनुसार आफूले राष्ट्रिय सभामा मतदान नगरेको बताइन् ।
‘हाम्रो पार्टी केन्द्रले नै कसैलाई मतदान नगर्ने तटस्थ बस्ने निर्णय गरेको थियो,’ सांसद शाहीले अनलाइनखबरसँग भनिन्, ‘सोही अनुसार मतदान नगरेर निक्लिए ।’
४० जना कर्णाली प्रदेश सभा सदस्यमध्ये राष्ट्रिय सभाका लागि ३९ जनाले मात्रै मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4