+
+
Shares

खैरो हेरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

नेपाल प्रहरीले लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:५९

१२ माघ, काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग तथा लागुऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?