+
+
Shares

समानुपातिकको मतपत्र छपाइ सकियो, प्रत्यक्षको सुरु

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १७:४४

१२ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ । समानुपातिक तर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक तर्फ दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको छ । ‘प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार आजबाट छपाई सुरु भएको छ । यो छपाई लगभग १५ दिन भित्र सकिन्छ,’ भण्डारीले जानकारी दिए ।

आगामी फागुन ५ गते अगावै आयेगले सम्बन्धित स्थलमा मतपत्र पुर्‍याउने गरी काम भइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?