+
+
Shares

अब बन्ने जनप्रतिनिधिले सार्वजनिक बहस इन्कार गर्न मिल्दैन : रन्जित तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १९:२८

१२ माघ, दमक । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा–५ का उम्मेदवार रञ्जित तामाङले अब जनप्रतिनिधिहरूले सार्वजनिक बहस गर्नुपर्ने बताएका छन् ।

सोमबार कमल गाउँपालिकाले आयोजना गरेको भेलामा बोल्ने क्रममा उनले अब जनताको कठघरामा उभिएर जनताकै कुरा सुन्नुपर्ने बताए ।

‘अब जनताका प्रतिनिधिले जनताको कठघरामा उभिएर सार्वजनिक बहस गर्नुपर्छ,’ सो क्रममा तामाङले भने ।

साथै, उनले सोही क्षेत्रका अन्य दुई उम्मेदवार केपी शर्मा ओली र बालेन शाहर्ला पनि सार्वजनिक बहसमा उत्रन आग्रह गरे ।

समय नयाँ ठाउँमा पुगेपनि चुनावको तरिका पुरानो भएकोमा उनको चिन्ता थियो ।

नयाँ भनिएकाहरू नै जनता र मिडिया सामना गर्न इन्कार गर्ने गरेकोमा उनले आश्चर्य व्यक्त गरे ।

‘जेनजी आन्दोलनपछि पूराना तथ्यांक मिथ्यांक भइसकेका छन्,’ तामाङले भनेका छन् ।

सोही क्षेत्रको चुनावी कमाण्डर रहेका नेता सुरेन्द्र बस्नेतले मुलुकलाई संकटमा लैजाने तत्वहरू गलत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?