News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको सोमबार सामाजिक सञ्जालमा घोषणा गर्नुभयो।
- उनले नयाँ राजनीतिक शक्ति स्थापित गर्न खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको र रास्वपामा प्रवेशलाई जीवनको कठोर निर्णय भने।
- रास्वपाले उनलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ।
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु ।’
रास्वपा प्रवेशलाई आफूले जीवनको कठोर निर्णयको रुपमा उल्लेख गरेका छन् ।
‘मैले बडो दुःख, संघर्ष, मिहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’ उनले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।’
रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ । भर्खरै मेला महोत्सवमा सांगीतिक टूर टुंग्याएर प्रकाश चुनाव प्रचारप्रसारमा जुट्ने भएका छन् ।
प्रतिक्रिया 4