News Summary
Generated by OK AI. Editorially reviewed.- सन्नी देओल स्टारर बलिउड फिल्म 'बोर्डर २' ले प्रदर्शनको ३ दिनमै १०० करोड भारु कमाएको छ।
- फिल्मले २६ जनवरीको रिपब्लिक डेमा ६३.५९ करोड भारुको कमाइ गर्यो र चार दिनमा कुल १९३.४८ करोड भारु कमायो।
- 'बोर्डर २' ले 'फाइटर', 'पद्मावत', 'रईस' र 'अग्निपथ' लाई पछाडि पार्दा पनि 'पठान' लाई उछिन सकेको छैन।
मुम्बई । रिलिज भएदेखि नै सन्नी देओल स्टारर बलिउड फिल्म ‘बोर्डर २’ ले भारतीय बक्सअफिसमा तहल्का पिटिरहेको छ । अनुराग सिंह निर्देशित फिल्मले सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित कथा भन्छ, जसलाई दर्शकले रुचाएका छन् ।
यो फिल्मले प्रदर्शनको ३ दिनमै १०० करोड भारु कमायो । चौंथो दिनमा त ४ ठूला फिल्मलाई कमाइमा उछिन्यो । यद्यपि, देशकै सबैभन्दा धेरै कमाउने रिपब्लिक डे रिलिजको रूपमा रहेको शाहरुख खानको ‘पठान’ लाई भने यसले अझै उछिन्न सकेको छैन ।
यो सूचीमा ‘बोर्डर २’ दोस्रो स्थानमा छ । रिपब्लिक डे अर्थात् २६ जनवरीको दिनमा यो फिल्मले उछाल कमाइ गर्यो । उक्त कमाइको मद्दतमा फिल्मको चौंथो दिनसम्मको कमाइ भारतीय बक्सअफिसमा १९३.४८ करोड भारु नेट कलेक्सन छ ।
३२.१० करोड भारुको ओपनिङ गरेको फिल्मको कमाइ दोस्रो दिन शनिबार ४०.५९ करोड भारु रह्यो । तेस्रो दिन आइतबार ५७.२० करोड भारु र चौंथो दिनमा ६३.५९ करोड भारु छ ।
‘बोर्डर २’ ले रिपब्लिक डेको कमाइमा चारवटा ठूला फिल्महरू- ‘फाइटर’, ‘पद्मावत’, ‘रईस’ र ‘अग्निपथ’लाई नराम्ररी पछाडि पारिदिएको छ । तर, यसले शाहरुख खानको ‘पठान’ लाई भने भेट्न सकेन । ‘पठान’ ले आफ्नो रिलिजको दोस्रो दिन (रिपब्लिक डेको दिन) ६८ करोड कमाएको थियो ।
प्रतिक्रिया 4