+
+
Shares

सर्वोच्चप्रति कांग्रेस सांसदको टिप्पणी- शीतकालको कोइलीजस्तै मौन !

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:४९

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरू भएपनि उनीहरूलाई संविधानले उनीहरूलाई पहिचान गर्न नसकेको उल्लेख उनले गरे ।

‘संविधान छैन भनौँ हामी बोलिरहेका छौँ, राष्ट्रिय सभा जिवितै छ । अझ यसको निरन्तरताको लागि निर्वाचन समेत भएर नयाँ सांसदहरू निर्वाचित भएर आइसकेका छन् । उनीहरूलाई पनि बधाइ छ । प्रदेश र स्थानिय तहहरू काम गरिरहेका छन् । संविधान छ भनौँ, कसरी भनौँ । प्रधानमन्त्री र मन्त्रीहरू त छन्, तर संविधानले पहिचान गर्न सकेको छैन,’ उनको टिप्पणी छ ।

सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाए ।

‘सर्वोच्च अदालत छ तर उ शीतकालको कोइलीजस्तै मौन भएर बसेको छ । हामी सानो छदाँ पढ्थौं, मानौँ मौन अवधी हुन्छ, कोइली शीतकालमा, के बोलौँ, के नबोलौँ, खुट्टा कामीरहन्छ । तर मनले मान्दैन, बोल नारायण बोल भन्छ,’ उनले भने ।

सांसद मिश्रले भदौ २३ र २४ गतेको घटना कसले गर्‍यो भन्दा पनि त्यसबाट कसले राजनीतिक लाभ लियो भन्ने प्रश्न महत्वपूर्ण भएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?