+
+
Shares

भोट माग्दै ‘भ्वाइस अफ नेपाल’ का प्रतिस्पर्धी, १२ जनाको समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १६:५५
'भ्वाइस अफ नेपाल' सातौं सिजन अन्तर्गत शनिबार प्रसारित २६ औं एपिसोडको दृश्य ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनको ‘लाइभ शो’ मा चार कोचको समूहमा १२ जना प्रतियोगी छन्।
  • प्रत्येक कोचको समूहबाट एकजना प्रतियोगी फिनालेमा प्रवेश गर्नेछन् र उपाधिका लागि ४ जना प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगी र कोचहरूले दर्शकबाट भोट माग्न ब्यस्त छन् र दर्शकको मतको आधारमा न्यून भोट ल्याउने प्रतियोगी बाहिरिने क्रम सुरु भएको छ।

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजन रोचक बनिरहेको छ । यतिबेला दर्शकले ‘लाइभ शो’ को मजा लिइरहेका छन् । यो शोमा दर्शकको मतको आधारमा न्यून भोट ल्याउने प्रतियोगी बाहिरिने क्रम सुरु भएको छ ।

एकजना कोचको समूहमा ‘उत्कृष्ट ३’ जना प्रतियोगी छनोट भएका छन् । जसअनुसार, चारजना कोचको समूहमा यतिबेला १२ जना प्रतियोगी छन् ।

एकजना कोचको समूहबाट एकजना प्रतियोगी आफ्नो टिमको प्रतिनिधित्व गर्दैै फिनालेमा प्रवेश गर्नेछ । उपाधिका लागि फिनालेमा ४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

‘लाइभ शो’ मा अहिले एक समूहमा ३ जनासहित कुल १२ जना प्रतियोगीको समीकरण तयार छ । लाइभ शोबाट दर्शकले भोट दिनुपर्ने भएकाले प्रतियोगी र कोच भोट माग्न ब्यस्त छन् ।

कुन कोचको समूहमा को-को ?

टिम खेम सेन्चुरी :

भविका पुन, सागर संसार राई, छिरिङ डोल्मा शेर्पा

टिम राजु लामा :

कार्साङ शेर्पा, मनुमित लेप्चा, नीताकुमारी मगर

टिम प्रमोद खरेल :

पुनम गुरुङ, रञ्जिता विश्वकर्मा, युनिस लिम्बु

टिम मेलिना राई :

अञ्जना सारु मगर, सञ्जिता दुरा, सियोन महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?