+

त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता आजदेखि, ५ खेलमा प्रतिस्पर्धा हुने

२०८२ माघ  १४ गते ९:५९ २०८२ माघ १४ गते ९:५९
त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता आजदेखि, ५ खेलमा प्रतिस्पर्धा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ऽ माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा हुँदैछ ।
  • प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, टेबल टेनिस र बास्केटबल गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ ।
  • प्रतियोगितामा ६४ आंगिक क्याम्पसका करिब ८५० खेलाडी, २०० प्रशिक्षक र १५० निर्णायक सहभागी हुनेछन् ।

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, टेबल टेनिस र बास्केटबल गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्स दशरथ रंगशालमा, बास्केटबल दशरथ रंगशाला कभर्डहलमा, टेबल टेनिस लैनचौरमा, भलिबल जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र ब्याडमिन्टन डल्लु आवासस्थित बहुउद्देश्यीय कभर्डहलमा खेलाइने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय (एसडब्लुएसडी)को आयोजनामा हुने खेलकुद प्रतियोगिता माघ १४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।

टेबल टेनिस खेल लैनचौरस्थित कभर्डमा हुनेछ भने ब्याडमिन्टन डल्लु आवासस्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलाइनेछ ।

यस्तै एथलेटिक्सतर्फको खेल दशरथ रंगशालामा हुनेछ भने बास्केटबल (३×३) दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा खेलाइनेछ । भलिबल प्रतियोगिता जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, जावलाखेलमा हुनेछ ।

भलिबलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । भलिबलमा एक टिममा १० खेलाडी हुनेछन् ।

यस्तै बास्केटबलमा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गराइनेछ । यो खेल थ्री बाई थ्री फर्म्याटमा हुनेछ ।

यसैगरी ब्याडमिन्टन महिला र पुरुष दुवैमा सिंगल्स र डबल्स विधामा खेल हुनेछ ।

एथ्लेटिक्सतर्फ ट्रयाक इभेन्टमा १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर नतथा फिल्ड इभेन्टतर्फ लङजम्प र सटपुट इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्समा एक टिममा महिलातर्फ ४ र पुरुषतर्फ ४ खेलाडी सहभागि हुनेछन् ।

एथलेटिक्सतर्फ एक खेलाडीले दुई वटा ट्र्याक इभेन्ट र एउटा फिल्ड इभेन्ट वा दुई वटा फिल्ड इभेन्ट र एउटा ट्र्याक इभेन्ट मा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका ६४ वटै आंगिक क्याम्पसहरूको सहभागिता रहने यस प्रतियोगितामा करिब ८५० भन्दा बढी खेलाडी, २०० भन्दा बढी प्रशिक्षक/टिम म्यानेजर, तथा १५० भन्दा बढी निर्णायक, प्राविधिक पदाधिकारी र खेल संघ प्रतिनिधिहरू प्रत्यक्ष रूपमा संलग्न हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताले त्रिभुवन विश्वविद्यालयमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले उपकुलपति कप विश्वविद्यालयस्तरमा खेलकुद प्रतिभाको पहिचान, विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।

यस प्रतियोगिताबाट विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान विद्यार्थी खेलाडीहरू छनोट गरी चार दिनको बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ ।

बन्द प्रशिक्षणबाट छनोट भएका खेलाडीहरूलाई यही माघ २२-२३ गते काठमाडौंमा आयोजना हुने तेस्रो विश्वविद्यालय स्तरिय राष्टिय खेलकुद प्रतियोगितामा २०८२ मा त्रिभुवन विश्वविद्यालयको तर्फबाट सहभागिता गराइने पराजुलीले जानकारी दिए ।

साथै अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने पनि आयोजकले जनाएको छ।

त्रिवि उपकुलपति कप खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय