+
+
Shares

विप्लवलाई प्रचण्डको आग्रह : भड्किन जरुरी छैन, नेकपामा आउनुस्

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता नगई नेपाली नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १६:३३

१४ माघ, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता नगई नेपाली नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

‘हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ । एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,’ प्रचण्डले भने ।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफू र माधव नेपालले विप्लवलाई निकै ठूलो महत्व दिएको भए पनि एकताबाट विना कारण पछाडि हटेको प्रचण्डको भनाइ छ ।

एकतामा समावेश नभए पनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको भन्दै उनले विप्लव समूहको वास्तविक घर नेकपा नै भएको उल्लेख गरे । ‘यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन । आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,’ उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?