+

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

२०८२ माघ  १४ गते १७:०५ २०८२ माघ १४ गते १७:०५

नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् । 

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

१४ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।  काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए ।

पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो ।  लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भए ।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए ।  उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा. देवले जानकारी दिए ।

मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्।

यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए । तर परीक्षाको बेला १६८ जना मात्रै सहभागी भएका उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यस्तो परिणामले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ ।  तर रजिष्ट्रार डा. देव भने यसपटक अनुत्तीर्ण हुनेहरू भन्दा अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या धेरै रहेको दाबी गर्छन् ।

चिकित्सक परीक्षा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?