+

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

२०८२ माघ  १४ गते १७:०५ २०८२ माघ १४ गते १७:०५

नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् । 

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

१४ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।  काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए ।

पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो ।  लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भए ।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए ।  उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा. देवले जानकारी दिए ।

मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्।

यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए । तर परीक्षाको बेला १६८ जना मात्रै सहभागी भएका उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यस्तो परिणामले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ ।  तर रजिष्ट्रार डा. देव भने यसपटक अनुत्तीर्ण हुनेहरू भन्दा अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या धेरै रहेको दाबी गर्छन् ।

चिकित्सक परीक्षा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा