+
+
Shares

बुवाआमाको हातबाट टिकाटालो गरेर गृह वडाबाट तामाङले थाले घरदैलो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १७:२९

१४ माघ, दमक । नेपाली कम्युनिस्ट पार्टीकका झापा क्षेत्र नं. ५ का उम्मेदवार रन्जित तामाङले घरदैलो अभियान सुरु गरेका छन् ।

बुधबार जन्म दिने बुआ आमाको हातबाट टिका ग्रहण गर्दै उनले चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।

झापा –५ अन्तर्गत कमल गाउँपालिका वडा नं –१ बाँसवारीस्थित निजी निवासमा पिता लोकवहादुर र माता लाखमाया तामाङ्ले मुल ढोकामा टिका लगाएर अभियान टोलीलाई बिदा गरे ।

तामाङले आफ्नै गृह वडाबाट चुनावी घरदैलो अभियान सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत, दिपेनवाला राई, गगन पुरी, दुर्गा चौलागाईं, कर्म पुलामी लगायत सहभागी थिए ।

संयोजक बस्नेतले क्षेत्र नं–५ का चारवटै पालिकाका २९ वटै वडामा ‘जनतासँग रन्जित तामाङ कार्यक्रम’ आयोजना गरिने बताए ।

तामाङले उम्मेदवारी दिएको झापा –५ एमालेबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपावाट वरिष्ठ नेता बालेन शाह, कांग्रेसबाट मन्दरा चिमरिया र राप्रपाबाट लक्ष्मीप्राद संग्रौला चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?