News Summary
Generated by OK AI. Editorially reviewed.- होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टिम २६औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन्।
- होराइजन क्लब स्याङ्जाले माघ ९ मा म्याग्दीको टिमलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
- फाइनल खेल माघ १६ गते दिउँसो १ बजे हुने र विजेताले ४ लाख ९९ हजार ९९९ नगदसहित पुरस्कार पाउनेछन्।
१४ माघ, पोखरा । होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् ।
कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको प्रतियोगिताअन्तर्गत बुधवार भएको सेमिफाइनलमा होराइजन क्लब स्याङ्जाले जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
होराइजन क्लब स्याङ्जालाई फाइनल पुर्याउन टिकाराज गुरुङले ७३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । टिकाराज नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार प्राप्त गरे ।
होराइजन स्याङ्जाले अब पहिलो सेमिफाइनलको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग फाइनल भेट पक्का गरेको हो ।

प्रहरी गण्डकी प्रदेश टिमले पहिलो सेमिफाइनलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनल प्रवेश गरेको हो ।
होराइजन स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टिमबीचको फाइनल खेल माघ १६ गते शुक्रबार दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ ।
विजेता टोलीले ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4