+
+
Shares

भोलिदेखि रिलिज हुने ‘आबाट आमा’, ‘द ब्लू लाइट’, ‘प्राइमेट’ ले कति शो पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्र पन्त निर्देशित नेपाली फिल्म 'आबाट आमा' ले शुक्रबार देशब्यापी १५३ वटा शोज पाएको छ।
  • बेनिशा हमालको मुख्य भूमिका रहेको 'द ब्लू लाइट' ले शुक्रबार ७२ शोज पाएको छ।
  • जोन्स रोबर्ट्स निर्देशित हलिउड फिल्म 'प्राइमेट' ले देशब्यापी ४५ शोज पाएको छ।

काठमाडौं । शुक्रबारदेखि २ नेपाली र एक हलिउड फिल्म थिएटरमा प्रदर्शन हुँदैछन् । हलले प्रचारप्रसार र स्टारकास्टको आधारमा शो विभाजन गरेका छन् ।

चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ ले अन्य दुईभन्दा धेरै शोज पाएको छ । यो फिल्मले शुक्रबार देशब्यापी १५३ वटा शोज पाएको देखिएको छ । यो शोज संख्या सुखद अवश्य हो ।

विपना थापा, प्रदीप रावत, पल शाहको शीर्ष भूमिका रहेको यो फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । यो फिल्मको रनटाइम १६० मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।

बेनिशा हमालको शीर्ष भूमिका रहेको मल्टिस्टारर थ्रीलर ड्रामा ‘द ब्लू लाइट’ पनि प्रदर्शन हुँदैछ । यो फिल्मले शुक्रबारको लागि देशब्यापी ७२ शोज पाएको देखिएको छ ।

बेनिशासहित अर्पण थापा, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान जोशीको शीर्ष भूमिका रहेको यो फिल्मको रनटाइम १०१ मिनेट छ । सर्टिफिकेट पीजी छ । यसलाई मनोवैज्ञानिक थ्रीलर समेत बताइएको छ ।

जोन्स रोबर्ट्स निर्देशित हलिउड फिल्म ‘प्राइमेट’ पनि रिलिज हुँदैछ । यो फिल्मले देशब्यापी ४५ शोज पाएको छ । हरर जनरामा राखिएको यो फिल्मको रनटाइम ८९ मिनेट र सर्टिफिकेट ‘एडल्ट’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?