+
+
Shares

सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेकाहरूले जनताको पक्षमा काम गर्दैनन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १३:१२

१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने बताए ।

‘निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो । कुन राजनीतिक दलले कस्ता मुद्दा उठाएका छन् । मुद्दाका आधारमा कुनै पनि पार्टी नयाँ वा पुरानो भन्ने हुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट सेलिब्रेटी बनाइएकाहरूले जनताको पक्षमा काम गर्न सक्दैनन् । यो कुरा जनताले बुझ्न जरुरी छ ।’

उनले राजनीतिक मुद्दा नै नभएकाहरूलाई जनताले चिन्नुपर्ने र राजनीतिक मुद्दाको आधारमा मतदान गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?