News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ मा काठमाडौंमा आयोजना हुने भएको छ।
- नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुने जानकारी दिएको छ।
- सम्मेलनमा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन र भविष्यको दिशाबारे छलफल गरिनेछ।
१६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ।
सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।
कार्यक्रममा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिनेछ।
यस सम्मेलनको आयोजना हुनु नेपालले एसियाली क्रिकेट विकासमा बढ्दो भूमिका र योगदान पुष्टि गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया 4