+
+
Shares

कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १७:४४

१६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन् ।

कांग्रेसले सुरुआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरे ।

‘नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भने, ‘युवा पुस्तामा कांग्रेस आएको छ । आशाको सिर्जना भएको छ । कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ ।’

पहिलो संस्करणमा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयमा आज अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतसँग संवाद गरिएको थियो ।

पत्रकार बस्नेतले फरक मतको संरक्षण र सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्नेगरी आयोजना गरिएको कार्यक्रम आलोचनात्मक छलफलका लागि उत्कृष्ट रहेका बताए ।

उनले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?