+
+
Shares

म्यानमारमा अनलाइन स्क्यामिङमा संलग्न ४ जनालाई नेपाल फर्काइयो

म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १८:०३

१६ माघ, काठमाडौं । म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो ।

नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् ।

चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये एक जनाले थाइल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिस्टको रूपमा कार्यरत थिए । उनले धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको दूतावाससँग बताएका छन् ।

उनीहरूले थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनेर नेपालबाट ल्याएको भए पनि थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुऱ्याइएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?