+

विश्वविद्यालय खेलकुद माघ २२ देखि

२०८२ माघ  १६ गते १९:०८ २०८२ माघ १६ गते १९:०८
विश्वविद्यालय खेलकुद माघ २२ देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं विश्वविद्यालयले माघ २२ गते तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न सम्झौता पत्र आदान–प्रदान गरेका छन् ।
  • प्रतियोगितामा टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स र भलिबल गरी ५ खेलमा २ सय ७९ खेलाडी सहभागी हुनेछन् ।
  • प्रतियोगिताका खेलहरु दुई दिनसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा सञ्चालन गरिनेछ ।

१६ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसीले एक कार्यक्रमबीच सम्झौता पत्र आदान–प्रदान गरे ।

प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुनेछ । टेबलटेनिसमा ४, ब्याडमिन्टनमा ४, बास्केटबलमा २, एथलेटिक्समा ६ र भलिबलमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । भलिबलमा छात्रको मात्र खेल हुनेछ ।

शर्माका अनुसार प्रतियोगतामा २ सय ७९ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।

विश्वविद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय