+

भ्याली पब्लिकलाई केभीकेएसएस बास्केटबल कपको उपाधि

२०८२ माघ  १६ गते १९:१५ २०८२ माघ १६ गते १९:१५
भ्याली पब्लिकलाई केभीकेएसएस बास्केटबल कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि २१–१९ को स्कोरले जितेको छ।
  • फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमीलाई पराजित गरेको र दृष्य गुरुङले ७ अंक बनाएकी थिइन्।
  • प्रतियोगितामा १६ टिम सहभागी थिए र विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले पुरस्कार प्रदान गरे।

१६ माघ, काठमाडौं । भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–१९ को साँघुरोअन्तरले पराजित गर्‍यो । भ्याली पब्लिककी दृष्य गुरुङले ७ स्कोर गरिन् ।

केभीकेएसएस ‘ए’ ले ल्यानडमार्क एकेडेमीलाई २८–२० ले हराउँदै तेश्रो भयो । केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ अंक जोडिन् ।

भ्याली पब्लिककी सेलिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’, इबीएकी सन्जिला मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।

काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।

विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी गुरुङ तथा सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो । माघ ११ गतदेखि सुरु भएको प्रतियोगितामा आयोजकको ३ सहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

केभीकेएसएस बास्केटबल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय