+

आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

२०८२ माघ  १६ गते १९:२४ २०८२ माघ १६ गते १९:२४
आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा सिनियर ब्वाइज र गर्ल्समा दोहोरो जित हात पारेका छन् ।
  • सिनियर ब्वाइजमा एक्सेल्सियरले स्वर्णिमलाई ३९–३५ र रेडियन्टले राराहिललाई ४६–३९ ले पराजित गरेको छ ।
  • एक्सेल्सियर कपअन्तर्गत फुटसलमा विभिन्न उमेर समूहमा खेलहरू सम्पन्न भएका छन् ।

१६ माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिकले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेका छन् । एक्सेल्सियर र रेडियन्ट सिनियर ब्वाइज र गर्ल्समा विजयी भए ।

सिनियर ब्वाइजमा एक्सेल्सयरले स्वर्णिमलाई ३९–३५ ले पराजित गर्‍यो । एक्सेल्सियरका अंश श्रेष्ठले १६ स्कोर गरे । सिनियर गर्ल्समा एक्सेल्सियरले स्वर्णिमलाई नै १८–१३ ले हरायो । एक्सेल्सियरकी आकर्षी पौडेलले ९ अंक  जोडिन् ।

सिनियर ब्वाइजमा रेडियन्टले राराहिललाई ४६–३९ ले हरायो । यस्तै संस्कृति इन्टरनेसनलले बाल दीक्षा सदनलाई ३३–३१ र पुष्पसदनले एलआरआईलाई ४१–१० ले पराजित गर्‍यो । रेडियन्टका सुगम राना मगरले १४, संस्कृतिका अभिग्न श्रेष्ठले १२ र पुष्पसदनका सम्राट लामाले १६ अंक जोडे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले न्यु जेनिथलाई २६–३ तथा रिब्सले बाल दीक्षालाई ३०–६ ले सहजै पन्छाए । रेडियन्टकी सोनु तामाङ  तथा रिब्सकी सिस्का थापाले समान १०–१० अंक बटुले ।

फुटसल

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा जोन डेवीले कोहिनुरलाई ३–१ तथा न्यु एरा एकेडेमीले एक्सेल्सियर (नीलो) लाई १–० गोलले पराजित गरे । स्वस्तिश्री गुरुकुल र कोहिनुरले २–२ गोलको बराबरी खेले भने न्यु एरा र बाल दीक्षबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

यु–१३ मा एलआरआईले न्यु एरालाई ३–१ तथा न्यु एराले एक्सेल्सियर (नीलो) ३–१ गोलले पाखा लगाए । बाल दीक्षा र होली भिजनले २–२ गोलको बराबरी खेले ।

यु–१६ मा ह्वाइट हेभेन एकेडेमीले बाल दीक्षालाई २–१ र एक्सेल्सियर (यल्लो) लाई ४–० तथा न्यु एराले ह्वाइट हेभेनलाई ५–१ र एक्सेल्सियर (यल्लो) लाई २–१ गोलले पाखा लगाए । यु–९ मा एक्सेल्सियर (नीलो) र कोहिनुरले गोलरहित बराबरी खेले ।

१२ औं एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय